मुख्य सामग्रीमा जाने
सबै कार्यक्षेत्रमा फर्कनेकार्यक्षेत्र विवरण

ड्याम निर्माण

साना संरचना, ठूलो सुरक्षा।

योजनामा
बाटो छेउमा गेबियन र पुस्ता निर्माण गर्दै समुदाय

के बारेमा

बाटो छेउमा खस्ने ढुङ्गा, बर्षात पछिको मुड-फ्लो, सडक मुनि निदाएको पहिरो — साना गेबियन-पर्खाल, चेक ड्याम र पुस्ताले धेरै यस्ता समस्या रोक्न सक्छन्। प्राविधिक सुपरिवेक्षण सहितको सामुदायिक श्रम।

कस्तो-कस्तो काम पर्छ

  • सडक छेउ गेबियन पर्खाल निर्माण
  • खोला र कुलोमा चेक ड्याम (एनिकट)
  • भिरालोमा पुस्ता र बायो-इन्जिनियरिङ (जुट जाली र भेटिभर घाँस)
  • रिटेनिङ वाल मर्मत र विस्तार
  • ड्रेनेज कल्भर्ट सफा र सुधार

को सहयोग गर्न सक्नुहुन्छ

  • सिभिल इन्जिनियर र प्राविधिक सुपरिवेक्षक
  • तालिम प्राप्त राजमिस्त्री र शिल्पी
  • श्रम योगदान दिने स्वयंसेवक
  • ढुङ्गा, तार-जाली, सिमेन्ट दाता
  • स्थानीय निकाय र सडक डिभिजन (समन्वय)

कहाँ-कहाँ

  • मनसुन-पीडित सडक खण्ड
  • पहिरो जोखिम भिरालो
  • खोला र कुलोको माथिल्लो भाग
  • गाउँ-जोड्ने सडकको कमजोर क्षेत्र

अपेक्षित प्रभाव

  • मनसुनमा सडक खुल्ला रहने
  • माटो र पहिरोको नियन्त्रण
  • खोलाको गाद र बहाव व्यवस्थापन
  • स्थानीय रोजगार र शिल्प हस्तान्तरण
अहिलेको स्थिति

अहिले रोडम्यापमा। प्राविधिक भागीदार र पहिलो पाइलट साइट तय हुने काम बाँकी।

जोखिम क्षेत्र सुझाउने